समाचार मुख्य समाचार

भोजपुरमा एक जनालाई कोरोना संक्रमणको पुष्टि, कुल संक्रमित संख्या ४८ पुग्यो !

भोजपुरमा एक जनालाई कोरोना संक्रमणको पुष्टि, कुल संक्रमित संख्या ४८ पुग्यो !

काठमाडौं । भोजपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयको स्रोतले जनाएको छ । उनी साउदी अरबबाट नेपाल आएका थिए । उनीसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । त्यस्तै उनीहरुमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् । भने उपचाररत सबैको अवस्था सामान्य रहेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणको आशंकामा थ्रोट स्बावको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । नेपालमा बिहीवारमात्र उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको छ । 

Corona Virus