समाचार

आरडिटी टेस्टमा काेराेना पोजेटिभ देखिएका २ नर्सको पिसिआर रिपोर्ट नेगेटिभ

आरडिटी टेस्टमा काेराेना पोजेटिभ देखिएका २ नर्सको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडाैँ । आरडिटी टेस्ट गर्दा कोरोन पोजेटिभ देखिएका २ नर्सको पिसिआर परीक्षण रिपोर्ट भने नेगेटिभ देखिएको छ । मंगलबार केन्द्रीय कारागार अस्पतालमा कार्यरत २ नर्समा आरडिटी टेस्ट गर्दा पोजेटिभ देखिएपछि सिआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोको थियो ।

उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ। उनीहरूमा कोरोनाको शंका देखिएपछि मंगलबार नै शहिद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको थियो । उनीहरु केहिदिन अघि मात्रै इशान हस्पिटलमा आफन्तको कुरुवा समेत बसेको बुझिएको छ ।

 

विशेष