अन्तरवार्ता भिडियो

स्वास्थ्य सामाग्री खरिद प्रकरण: 'अफवाह फैलाउने मिडियाहरुले अपराध गरे' (भिडियोसहित)

स्वास्थ्य सामाग्री खरिद प्रकरण: 'अफवाह फैलाउने मिडियाहरुले अपराध गरे' (भिडियोसहित)

काठमाडाैं । स्वास्थ्य मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले स्वास्थ्य सामाग्री खरिद प्रकरणमा मिडियाहरुले तथ्यभन्दा बाहिर गएर मिडियाहरुले'अफवाह' फैलाएको दावी गरेका छन् । नेपाल आजसँगको बिशेष अन्तर्वार्ताका क्रममा उनले यस्तो दावी गरेका हुन् । 

उनीसंग हामीले कोरोना महामारी केन्द्रित रही कुराकानी गरेका छौ । त्यस्तै नेपालले बिगतका महामारीबाट शिक्षा नलिनुको कारण र प्रयाप्त मात्रामा मेडिकल सामग्री, खाना, मास्क, औसधि, सुरक्षा सामग्री किन संचय नगरिएको बारे पनि प्रश्नोत्तर छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुनको मुख थुन्ने प्रयास किन भयो भनेर पनि प्रश्न गरेका छौ । त्यस्तै डिजी, सचिव र मन्त्री मिलेर कालोबजारी कालोसूचीमा राख्नुपर्नेसँग सहकार्य गरेर भ्रष्ट्राचारको गरेको आरोप लागेको बिषय पनि खोतल्ने प्रयास गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले ओम्नी ग्रुपलाई कारवाहीको सट्टा पुरस्कार दिनुको कारण पनि सोधिएको छ । त्यस्तै चिनिया सामग्रीको बिश्वसनियता र मिडियामा आएका बिभिन्न समाचारका बारेमा उनीसंग गरिएको बिशेष अन्तर्वार्ताको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

ADVERTISEMENT