समाचार अर्थ

आयल निगमले दियो ५० करोड

आयल निगमले दियो ५० करोड

नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड सहयोग गरेको छ । निगम सञ्चालक समितिको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो । 

सो रकम बराबरको चेक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारको तयारीका लागि सरकारले कोषको स्थापना गरेको थियो ।    

कोषमा विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गरेका छन् । निगमले राष्ट्रिय आवश्यकता, प्राकृतिक विपत्ति, भूकम्प तथा बाढी पहिरोजस्ता प्रकोपका समयमा संस्थागत सामाजिक उत्तरदायित्व बोध गरी राहत तथा सहयोग गर्दै आएको छ । 

ADVERTISEMENT