समाचार

नेपालबाट आफ्ना नागरिकहरूकाे उद्धार गर्न रुसले पठायो विमान

नेपालबाट आफ्ना नागरिकहरूकाे उद्धार गर्न रुसले पठायो विमान

काठमाडौं । नेपालबाट आफ्ना नागरिकको उद्धार गर्नका लागि रुसले विमान पठाएको छ । रसियाली नागरिकलाई उद्धार गर्नको लागि मस्कोबाट रोयल फ्लाई एयरलाइन्सको विमान आज काठमाडौं आएको हो ।

लकडाउनका कारण नेपालमा रहेका रसियन नागरिकलाई स्वदेश फिर्ता लैजानका लागि बोइङ–७५७ विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।

प्रवक्ता क्षेत्रीका अनुसार उक्त विमानले १ सय ४३ रसियन नागरिकलाई उद्धार गरेर मस्कोका लागि उडान भर्ने छ । काठमाडौंमा रहेको रसियन दूतावासले आफ्ना नागरिक फिर्ता पठाउनको लागि सो विमान चार्टर गरेको हो ।

विशेष