समाचार अर्थ

कर्मचारी सञ्चय कोषको अध्यक्षमा रामशरण पुडासैनी चयन

कर्मचारी सञ्चय कोषको अध्यक्षमा रामशरण पुडासैनी चयन

कर्मचारी सञ्चय कोषको अध्यक्षमा रामशरण पुडासैनी चयन भएका छन् । बुधबार अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले अर्थमन्त्री युवराज खतिवडाबाट कोषको अध्यक्षको रुपमा पद तथा गोपनियताको शपथ लिएका हुन् । यसअघि चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई कोषको अध्यक्षको रुपमा नियुक्त गरेको थियो ।

यसअघि कायम मुकायम सचिव रहेका पुडासैनीलाई सोही बैठकले सचिवमा बढुवा गर्न निर्णय समेत गरेको थियो । सोसँगै उनलाई कोषको अध्यक्षको जिम्मेवारी दिइएको हो ।  कोषको अध्यक्षमा सरकारले तोकेको कुनै एकजना व्यक्ति हुनसक्ने प्रवाधान रहेको भएपनि यसमा बहालबाला सचिवलाई नै त्यससको जिम्मेवारी दिने गरिएको छ । यसअघि राजश्वसचिव रहँदा शिशिरकुमार ढुंगाना सो पदमा थिए । अहिले उनी अर्थसचिवको रुपमा सरुवा भइसकेका छन् । 


 

ADVERTISEMENT