खेल

फुटबल सुरु गर्न हतार नगरौ : फिफा

फुटबल सुरु गर्न हतार नगरौ : फिफा

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोरोना भाईरसको कारण रोकिएको फुटबल सुरु गर्न हतार गर्न नहुने बताएको छ ।

फिफा अध्यक्ष जियानी ईन्फान्टिनोले फुटबललाई जति सक्दो चाँडो सुरु गर्न खोज्नु गैरजिम्मेवार हुने तर्क अघि सारेका छन् ।

कोरोनाका कारण विश्वभरका घरेलु फुटबल स्थगित अवस्थामा छ । महामारीकै कारण युरो २०२० र कोपा अमेरिका एक बर्ष पछाडी धलेकिएको छ ।

‘खेल नहुनु, प्रतियोगिता नहुनु, लिग नहुनु भनेको कुनै पनि एक मानव जातिलाई खतरामा राख्न सही छैन ।’ ईन्फान्टिनोले भनेका छन् ।

‘खतरा मोल्नु भन्दा केही समय पर्खनुनै राम्रो हुन्छ ।’ उनले भनेका छन् ।

विश्वभर महामारी फैलिएपनि केही देशमा भने फुटबल सञ्चालन भईरहेको छ । बेलारुस, बुरुन्डी, ताजकिस्तान जस्ता देशको घरेलु फुटबल चलिरहेको छ ।

ADVERTISEMENT