समाचार स्वास्थ्य

सुदूरपश्चिमः २ सय ५९ नमूना नेगेटिभ

सुदूरपश्चिमः २ सय ५९ नमूना नेगेटिभ

सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार ६ सय ९५ व्यक्तिको नमूना सङ्कलन गरिएको छ । प्रयोगशाला परीक्षणबाट २ सय ५९ नमूनाको नतिजा नेगेटिभ आएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार सम्म २ सय ५९ नमूनाको नतिजा आएको र सबै नेगेटिभ रहेको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सङ्कलित नमूनामध्ये एक हजार ४ सय ३२ नमूनाको नतिजा आउन बाँकी रहेको जानकारी दिए ।

शुक्रबारसम्म आरडिटी टेष्ट किटबाट कैलालीका ४ सय ८९, कञ्चनपुरका १ सय ३७ र डोटीका २ सय १३ जनाको रगतको नमूना परीक्षण जाँच गरिएकामा सबैको नतिजा नेगेटिभ आएको कार्कीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा एक महिला र तीन पुरुष गरी चार जनामा कोरोरनाको सङ्क्रमण भएको यसअघि नै पुष्टि भइसकेको छ । उनीहरुको सेती प्रादेशिक अस्पतालमा धनगढीमा उपचार भईरहेको र चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।

ADVERTISEMENT