समाचार

यी हुन डीआइजीमा बढुवा हुने दश भाग्यमानी प्रहरी अधिकृत

यी हुन डीआइजीमा बढुवा हुने दश भाग्यमानी प्रहरी अधिकृत

गृह मन्त्रायलले नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ।

बढुवाको एक नम्बरमा घनश्याम अर्याल छन् भने त्यसपछि प्रकाशजंग कार्की र वसन्तकुमार पन्त छन्। अर्याल, कार्की र पन्तको ब्याचका शैलेश थापा क्षेत्री र हरिबहादुर पाल प्रहरी अतिरिक्ति महानिरीक्षक छन्।

एक वर्षपछि भर्ना भएको टोलीबाट सहकुल थापा पहिलो नम्बरमा बढुवा भएका छन्। यसैगरी धिरजप्रताप सिंह आफ्नो ब्याचबाट दोस्रो नम्बरमा बढुवा भएका छन्। यो टोलीका विश्वराज पोखरेल १९ वैशाखमै डीआईजीमा बढुवा भइसकेका छन्।

सिंहपछि वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसी बढुवा सूचीमा समेटिएका छन्। लामा र धानुकले यसअघि काठमाडौं प्रहरी प्रमुखको नेतृत्व सम्हालिसकेका छन् भने सुवेदी हाल काठमाडौंको नेतृत्वमा छन्।

बिसी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत छन्।