समाचार

ग्यास अभाव भएको छैन, अस्वाभाविक माग बढ्दा समस्याः आयल निगम

ग्यास अभाव भएको छैन, अस्वाभाविक माग बढ्दा समस्याः आयल निगम

काठमाडौंः नेपाल आयल निगमले काठमाडौंमा खाना पकाउने एलपी ग्यासको अभाव नभएर अस्वभाविक माग बढ्दा केही समस्या देखिएको बताएको छ ।

कोरोना भाइरसको जोखिमका कारण नाकाबन्दी हुने डरले उपभोक्ताले सबै खाली सिलिण्डर एकैपटक भर्न खोज्दा अभाव देखिएको निगमले जनाएको हो ।

‘आयातमा केही समस्या छैन, पहिले भन्दा झन् बढी ग्यास आइरहेको छ, निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘स्टक होल्डिङ र वितरणमा केही समस्या देखिएको हो, हामीले निरन्तर अनुगमन गरिरहेका छौं।’  

एलपी ग्यासको औषत मासिक खपत ३८ हजार मेट्रिक टन रहेकामा बढ्दो मागलाई ध्यानमा राखी यसै महिनादेखि ४५ हजार मेट्रिक टनका दरले आपूर्ति व्यवस्था मिलाइसकिएको पनि निगमले जनाएको छ ।

निगमले ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक संचित नगर्न पनि उपभोक्तालाई अपिल गरेको छ ।

ग्यास विक्रेता संघका बरिष्ठ उपाध्यक्ष चन्द्र थापाले बढीमा पाँच देखि ७ दिन भित्र ग्यासको वितरणमा देखिएको समस्या समाधान हुने बताए ।

होलीको विदामा समेत निगमले ग्यास आयात गर्ने व्यवस्था मिलाएको भन्दै थापाले आफूहरुले पनि बजारमा पठाइरहेकोे बताए ।  

कोरोना भाइरस नेपाल आयल निगम

विशेष