प्रवास

नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक

नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक

काठमाडौंः कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएको छ ।  

कतारी सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्यान्डका नागरिकलाई कतार प्रवेशमा रोक लगाउने निर्णय गरेको हाे । 

कतारमा अहिलेसम्म १५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । कतारमा चार लाख बढी नेपाली छन् । 

कतार