समाचार

कस्तो रहला आजको मौसम?

कस्तो रहला आजको मौसम?

काठमाडौंः आज मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार जारी गरेको पूर्वानुमानमा हाल देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नरहेको उल्लेख गरेको छ । साथै, हाल देशभर मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ । 

महाशाखाले आज देशको पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । साथै राति पनि देशभर मौसम सामान्यतया सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखा मौसम मौसमी प्रणाली

विशेष