विदेश

इटलीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनहुँ बढ्दै, सेना प्रमुख पनि संक्रमित

इटलीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनहुँ बढ्दै, सेना प्रमुख पनि संक्रमित

इटलीमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दिनहुँ बढ्दै गएको छ । कोरानाबाट मृत्यु हुने मानिसको संख्या एकैचोटि १३३ थपिएर ३६६ पुगेको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरूका अनुसार इटलीमा कोरोना संक्रमितको संख्या २५ प्रतिशत बढेर ५ हजार ८८३ बाट ७ हजार ३७५ पुगेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि इटलीका लोम्बर्डी र १४ वटा प्रान्तका १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिए पनि संक्रमण बढेको बढ्यै गरेको बीबीसीले जनाएको छ । इटलीमा पछिल्लोपटक संक्रमण पुुष्टि भएका व्यक्तिहरूमा त्यहाँका सेना प्रमुख पनि परेका छन्। –एजेन्सी

इटली संक्रमित काेराेना भाइरस