समाचार

कम नम्बर ल्याएका विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका बर्खास्त

कम नम्बर ल्याएका विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका बर्खास्त

काठमाडौंः परीक्षामा कम नम्बर ल्याएको भन्दै विद्यार्थीलाई आफ्नै हात ब्लेडले चिर्न लगाएर सजाय दिने शिक्षिकालाई काठमाडौको जडिबुटी स्थित जागृति एकेडेमीले बर्खास्त गरेको छ ।

सामाजिक शिक्षाको परीक्षामा कम नम्बर ल्याएको भन्दै विगत १२ वर्षदेखि अध्यापनरत शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गएको हप्ता कक्षा ६ र ७ मा अध्ययनरत ३० भन्दा बढी विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएकी थिइन् ।

राम्रो नम्बर नल्याउने विद्यार्थीलाई शिक्षिकाले पेन्सिल सार्पनरको ब्लेडले नाडीमा काट्न लगाएकी हुन् । २० पूर्णाङ्क मध्ये १५ अंक भन्दा कम ल्याउने विद्यार्थीलाई शिक्षिकाले हात काट्न लगाएकी हुन् ।

विद्यालयका प्रधानाध्यापक राजनकुमार श्रेष्ठले यस्तो गर्ने शिक्षिकालाई शुक्रबार नै बर्खास्त गरिएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

प्रहरीले पनि घटनाबारे अनुसन्धान थालेको छ । यस्तै घटनाबारे छलफल गर्न विद्यालय कार्यसमितिको बैठक शनिबार बसिरहेको प्रधानाध्यापक श्रेष्ठले बताए ।

 

 

जागृति एकेडेमी सीतालक्ष्मी कर्माचार्य