समाचार

‘लकडाउन’ उल्लंघन गर्नेहरुलाई खाजा खुवाएर ४ घण्टा कक्षा

‘लकडाउन’ उल्लंघन गर्नेहरुलाई खाजा खुवाएर ४ घण्टा कक्षा

काभ्रेको बनेपामा लकडाउन उल्लंघन गर्ने ८५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई नियन्त्रणमा लिइ पोलिटेक्निक बनेपाको ग्राउन्ड राखिएको छ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार उनीहरूलाई चउरमा राखेर कोरोनाबारे सचेतना क्लास दिइएको छ। यतिमात्र होइन प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिइ सेनिटाइजारले हात धुन  लगाएको छ।

उनीहरूलाई प्रहरीले खाजा समेत खुवाएको छ। ४ घण्टाको सचेतना कक्षापछि उनीहरुलाई छाड्ने गरिएको छ । 

ADVERTISEMENT