समाचार विदेश

कोरोनाको उद्गम हुवेइका नागरिक अन्य प्रान्त जान खोज्दा चीनमा हिंसा भड्कियो

कोरोनाको उद्गम हुवेइका नागरिक अन्य प्रान्त जान खोज्दा चीनमा हिंसा भड्कियो

चीनमा लौकडाउनलाई हटाउने वितिक्कै कोरोनाको उद्गम हुबेई प्रान्त र छिमेकी जियांगक्सी प्रान्त जोड्ने पुलमा हिंसक झडप भएका छन् । 

चीनीयाँ समाजिक सञ्जालमा पोस्ट गरिएको भीडियोहरुमा पुलमा पुलिसको गाडी लागि पल्टाइएको देखिन्छ भने पुलिसले ठुलो संख्यामा चिच्याउँदै गरेको भीडको सामना गरिरहेको देखिन्छ । स्थानीय मीडियाका अनुसार जियांग्शी प्रशासनले हुबेईका मानिसहरुलाई प्रवेशमा रोक लगाएको छ । हुबेईले वुहानबाहेका प्रान्तका बाँकी क्षेत्रको लागि लौकडाउन हटाएको छ । 

तर कोभिड–१९बाट प्रताडित हुबेईको मानिसहरुप्रति चीनमा गहिरो अविश्वासले जडो गाडिसकेको छ । प्रशासनले सफलतापूर्वक महामारी समाप्त गरेको दाबी गरेपनि हुबेईका मानिसहरुलाई होटल र घरहरुमा प्रवेशबाट वञ्चित गरिन्छ । 

लौकडाउन हटनुको अर्थ यो हो कि ठुलो संख्यामा हुबेईमा मानिसहरु चीनको अन्य स्थानहरुमा जाने कोशिश गर्छन् । 

शुक्रवार पुलमा भएको झडपको भीडियोमा हुवेइबाट यांग्त्जÞी नदीपार गरि जिआंगशी जान खोजिरहेको व्यक्तिहरुलाई रोक्न पुलपारि वर्दीधारी अधिकारिहरुकोे पंक्तिले नाकावन्दी गरी खोजिरहेको देखिन्छ । एउटा ठुलो भीड नाकाबंदीलाई तोड्न मार्च गरिरहेको देखिन्छ । एउटा अर्कोमा भीडियोमा हुबेईका पार्टी कमिटीमा सचिव मा यंग्जÞोले भिडलाई तितर–बितर हुन आग्रह गरिरहेका देखिन्छ । उनी भीडलाई त्यहाँ त्यसरी जम्मा हुन खतरनाक हुने सम्झाउने कोशिस गरिरहेको देखिन्छन् । 

पुलको टोल बुथमा कार्यरत एक कर्मचारीले द ग्लोब एण्ड मेलसँग कुरा गर्दै झड्प शुक्रबार दिउँसो ३ बजेदेखी ६ बजेको बीचमा भएको बताए । उनकोे नाम यस कारण गोप्य राखिएको छ किनभने उनलाई विदेशी मीडियासँग कुरा गर्न अनुमति छैन । शुक्रबार दिउँसोदेखी पुलको दुबै तर्फ नाकाबन्दी लगाइएको छ । 

सरकारी स्वामित्वको एक चीनियाँ मिडिया डेली मेलले पनि झडप भएको पुष्टि गर्दै आफ्नो समाजिक सञ्जाल वीबोबाट झडप पश्तचापयोग्य रहेको टिप्पणी गरेको छ । 

आधिकारिक सरकारी नीति अनुसार जो वुहान बाहिर बस्छन् र स्वस्थ छन् उनीहरु बुधवारबाट यात्रा गर्न पाउछन् । रेलवे र लामो दूरीको बस सेवा फेरीबाट सुचारु गरिएको छ । हुबेईबाट लाखौ मानिसलाई कामका लागि अन्यत्र जाने बाध्यता छ । तर हुवेइका नागरिकहरुलाई चीनको अन्य भागमा अझै पनि विभेद भईरहेको छ । यसले हुवेइमा साच्चैँ नै कोरोनाका महामारी अन्त्य भएको हो भन्ने सन्देह उत्पन्न गरेको छ ।