समाचार

ठूलै दुर्घट्नाबाट जोगियो निगमको जहाज

ठूलै दुर्घट्नाबाट जोगियो निगमको जहाज

नेपालगञ्ज विमानस्थलमा नेपाल वायु सेवा निगनको वाई १२ विमान धावन मार्गमा चिप्लिएको छ ।

विमान धावनमार्गबाट चिप्लिएर घाँसेमैदानतर्फ पुगेको छ । विमानमा रहेका चालक दलका तीन जना र दुई जना चिकित्सक सबै सकुशल छन् ।

काठमाडौंबाट कोभिड–१९ का सम्भावित संक्रमितका नमूना लिन गएको निगमको चार्टर्ड उडानको विमान धावनमार्गमा अवतरणका क्रममा चिप्लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

चिकित्सकसहितको नमूना सामग्री लिन निगमको अर्को जहाज नेपालगञ्ज पठाइने बताइएको छ । 

विशेष