समाचार विदेश

चीनलाई आयातित संक्रमणको खतरा, पाकिस्तानबाट भित्रियो कोराना 

चीनलाई आयातित संक्रमणको खतरा, पाकिस्तानबाट भित्रियो कोराना 

जिङ । चीनले कोरोना महामारीको अन्त्यको घोषणा गरेपश्चात कम्तीमा कोरोनाको महामारी विश्वव्यापी रुपमा फैलिएपश्चात कम्तीमा ५३ जना पाकिस्तानी कामदारहरु चीन फर्किएको सरकारी तथ्यांकले बताँउछ । तीनै पाकिस्तानीहरुबाट चीनमा फेरि कोरोनाको प्रसार हुनथालेपछि चीनियाँहरु त्रसित भएका छन् । पछिल्लो समय ग्वाञ्जाओमा मात्र पाकिस्ताबाट भित्रिएको पाँचौ कारोनो संक्रमिण व्यक्ति भेटिएको छ । गत हप्ता चीनमा देखिएको नयाँ ७८ संक्रमणमध्ये ७४ केस विदेशबाट आएका अर्थात् आयातित केसहरू नै हुन् जसमा सबभन्दा बढी संक्रमण पाकिस्तानीबाट सरेका हुन् । 

आयातितबाट एक जना स्थानीय बेइजिङ नागरिक संक्रमित भएको पनि बताइएको छ । कोरोना बाहिर बाट भित्रिन सक्ने त्रासमा चीनले आउँदा शनिबारबाट आफ्ना सम्पुर्ण सिमानाकाहरु बन्द गरेको छ भने सबै उडानहरु पनि रद्ध गरेको छ ।

ADVERTISEMENT