समाचार

कोरोनाको कहरको बीचमा काबुल आक्रमण इस्लामिक अतिवादीको अमानवीयताको पराकाष्ठा 

कोरोनाको कहरको बीचमा काबुल आक्रमण इस्लामिक अतिवादीको अमानवीयताको पराकाष्ठा 

काबुल । हजारौ मानिसको ज्यान लिसेकेको कारोना भाइरसको विरुद्ध संसारका सबै देश मानव जातिको अस्तित्व रक्षाको लागि लड़ाई लडिरहेको बेला पाकिस्तानको गुप्तचर संस्था (आइएसआइ)ले सामान्य रूपमा आफ्नो धन्दा अगाडी बढाइरहेका छन् जस्तो कि उसले काबुलमा हिजो मात्रै एक आक्रमण गरायो । उक्त आक्रमणमा कम्तिमा २७ जना मारिएको खबरहरु प्राप्त भएको हो । 

काबुलबाट सञ्चालित एक स्थानीय सञ्चारमाध्यले काबुल आक्रमणको दोषी आईएसआईलाई बताएको छ जसले राष्ट्रपति अशरफ गनी पुनः सतामा फर्केको तथ्य स्वीकार गर्न सकिरहेको छैन् । आईएसआईले उनलाई रोक्न गरेको थुपै प्रयासहरुको पश्चात पनि राष्ट्रपति गनी फेरि निर्वाचित भएका हुन् ।
काबुलको शोर बाजार इलाकमा आइएसआइसमर्थित इस्लामिक अतिवादी समूहकाक बन्दुककधारीहरु एवम् आत्मघाती आक्रमणकारीहरुले बुधबार बिहान बालबालिका पनि पुजा गर्ने समयमा एक गुरुद्वारामाथि हमला गरेका थिए । 

लडंनमा एएनआईसँग कुराकारनी गर्दै अफगानी शीख समुदायका एक नेता प्रेम सिंहले भने कि जसले पनि सो हमला गराएका हुन्, उनीहरु मावन हैनन् । शीख सिद्धांतमा आम नागरिकमाथि र प्रार्थना स्थलमाथि गरिएको आक्रमणलाई कुनै पनि तरिकाले उचित मानिएको छैन् । उनले कारोनाको प्रकोपको यस कठिन घडीमा अन्र्तराष्ट्रीय समुदायलाई एकजुट हुन आग्रह गरे । सिंहले थप भने कि यो उहाँहरुको लागि निकै कठिन समय हो किनकि कोरोना महामारीका कारण सबै उड़ानहरु स्थगित गरिएको छ  । हाम्रो समुदायको कुनै पनि सदस्य अफगानिस्तान जान सक्दैनन् न त कुनै पनि प्रकारको सहायता पठाउन सक्छन् । हामि सबै यस कुरामा जोड दिरहेका छौं कि स्थानीय सरकारले पिडीतको उपचारमा ध्यान देओस् । राहत र सुरक्षा प्रदान गरोस् । यसअघि जुलाई २०१८मा इस्लामिक स्टेटले राष्ट्रपति गनिलाई भेट्न गईरहेको शीख समुदायको टोली सवार एक बसमाथि जलालाबादमा आक्रमण गरेका थिए जसबाट १९ जनाको मृत्यु भएको थियो ।  

मृत्यु हुनेमा शीख समूदायका एक मात्र उम्मेद्दवार अवतार सिंह खालसा पनि थिए जसले संसदीय चुनावमा लड़ने योजना बनाएका थिए । (एजेन्सीको सहयोगबाट)

ADVERTISEMENT