समाचार

कोरोना भाईरस फैलाएको आरोपमा चीनमाथि २० ट्रिलियन डाँलरको मुद्दा

कोरोना भाईरस फैलाएको आरोपमा चीनमाथि २० ट्रिलियन डाँलरको मुद्दा

वाशिंगटन । अमेरिकाको एक कम्पनीले चीन सरकारमाथि २० ट्रिलियन डाँलर क्षपिुर्तिको लागि मुद्दा दायर गरेको छ  । यस कम्पनीले आरोप लगाएको छ कि चीनले कोरोना भाईरसको प्रसार एक जैविक हथियारको रुपमा गरेको छ । उक्त कम्पनीले आरोप लगाएको छ कि चीनले वास्तवमा अमेरिकी नागरिकहरुलाई  मारने र रोगी बनाउने षडयन्त्र रचेको छ । 

अमेरिकाको टेक्सासस्थित बज फोटोजले अधिवक्ता लैरी क्लेमैन र फ्रीडम वाचको साथमा  चीन सरकार, चीनीयाँ सेना, वुहान इंस्टीट्यूट आँफ भाईरोलाजी, वुहान इंस्टीट्यूटका डाइरेक्टर शी झेनग्ली तथा चीनीयाँ सेनाको मेजर जनरल छेन वेई को विरुद्ध यो मुद्दा दायर गरेको हो । 

उनीहरुले दावी गरेको छ कि चीनीयाँ प्रशासनले एक जैविक हथियार तयार गरिरहेको थियो जसको कारणले कोरोना भाइरस फैलिएको हो र त्यही कारणले आफुहरुले २० ट्रिलियन डाँलरको क्षतिपुर्तिको माँग गरेको हो । 

उनीहरुको आरोप छ कि वुहान भाइरोलोजी इंस्टीट्यूटद्वारा यस भाइरसलाई  जानाजान बाहिर छोडिएको हो । चीनले कोरोना भाइरसको ‘निर्माण’ ठुलो जनसंहारको लागि गरेको हो । उनीहरुले यो पनि भनेको छ कि जैविक हथियारहरुलाई १९२५ मा नै गैरकानूनी घोषित गरिसकिएको छ र यसलाई जनसंहार को लागि आतंकी हथियारको रुपमा लिइन्छ । 

सो अमेरिकी कम्पनीले यसबारेमा मीडियामा आएको विभिन्न समाचारहरुलाई उद्दृत गर्दै भनेको छ कि चीनको एक मात्र माइक्रोबायोलाजी ल्याव वुहानमा छ जसले नोवेल कोरोना जस्तो अत्याधुनिक भाइरसको सामना गर्न सक्दछ तर चीनले कोरोना भाइरसको बारेमा उक्त ल्यावको अनुसन्धान रिपोर्टहरुलाई राष्ट्रीय सुरक्षाको का बहाना लुकाएर राखेको छ ।