राजनीति

प्रदेश नं. ५ प्रदेश सभाको बैठक अर्को सूचना नआउन्जेल बन्द

प्रदेश नं. ५ प्रदेश सभाको बैठक अर्को सूचना नआउन्जेल बन्द

प्रदेश नं. ५ प्रदेश सभाको बैठक अर्को सूचना नआउन्जेल बन्द भएको छ । देश लकडाउन भएको अवस्थामा प्रदेशसभा बैठक अर्को सूचना नआउन्जेलका लागि स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।

चैत ५ गते बसेको प्रदेशसभा बैठकले चै १६ गते बैठक बस्ने निर्णय गरेको थियो । तर सचिबालयले सूचना निकाल्दै सरकारले अत्यावश्क यातायात चल्न नदिएको र घरभित्रै बस्न जनतालाई आग्रह गरेकाले बैठक स्थगन गरेको बताएको छ ।