समाचार यौन-शिक्षा मुख्य समाचार समाज

श्रीमानको अवैध सम्बन्ध खुलेपछि श्रीमतिले गरिन् आत्महत्या

श्रीमानको अवैध सम्बन्ध खुलेपछि श्रीमतिले गरिन् आत्महत्या

सुनसरीको गढी गाउँपालिका २ स्थित औरावनि घर भएकी सीता थान्दार विश्वासले २०७६ चैत ६ गते विहिबार दिउँसो ३ बजे आफनै घरमा सुसाईट नोट लेखि सलमा झुन्डिएर आत्महत्या गरेकी छिन ।

सुसाईट नोटमा आत्महत्या गर्नुको कारण आफ्नो श्रीमान दिवस बिश्वासले गढी गाउँकी एक आईमाई भद्रीसँग नाजायज सम्बन्ध राखेको कारणले आत्महत्या गर्नु परेको सुसाईट नोटमा उल्लेख छ ।

सुसाइट नोटमा लेखिएको छ ;म आत्म हत्या गनुृको कारण मेरो श्रीमान नाजायज सम्बन्ध राख्ने गाउँकै आइमाइ भद्री हो,भद्री मेरा हत्याको कारण हो, कानूनले मलाइ न्याय दिन्छ भने बिश्वास छ, गाउँ समाज निर्दोस छ ,अभागी सिता ; ।

मृतक सीताका बुवा धर्मनारायण विश्वासले सन्चारकर्मीहरुलाई  ईलाका प्रहरी कार्यलय दुहबीकै अगाडि भक्कानिदै भने- प्रहरीले जाहेरि दर्ता गर्न मानेन, कानुनी राज्यमा किन यस्तो भएको भन्दै न्यायको लागि मानव अधिकार कर्मी संचारकर्मी, नागरिक समाज राजनीति दल लगायत सँग अपिल समेत गरेका छन ।

मृतक सीताको माईती घर सुनसरीको दुहबी २ स्थित पचिरा हो । सीताको २०६७ फागुन २९ गते गढि २ औरावनि घर भएको दिवस थान्दार सँग विवाह भएको थिए ।

विगत ६ महिना देखि सीता र दिवस विच सम्बन्ध विग्रदै आएको तथा वेला वेलामा दिवस बिश्वासले कुटपिट गरेको उजुरि समेत औरावनी प्रहरी चौकीमा रहेको सिताका बुवा धर्मनारायण विश्वासले बताए ।

विश्वासका अनुसार घरेलु हिंसा खेप्दै आएकी आफ्नो छोरीले सुसाइट नोट लेखेर आत्महत्या गर्दा समेत दुहबी प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा न चलाइ अभद्र मुद्दा चलाएकोमा दुखेसो पोख्दै न्यायकोलागि अदालत समेत जाने बताए ।

यता सो घटनाको बीषयमा ईलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक प्रविण कार्कीसँग बुझ्दा पोष्टमार्टमको रिर्पोट न आएसम्मकोलागि अभद्र मुद्दा चलाएर म्याद थप गराइसकेकोले थप अनुसन्धान भइरहेको बताए ।

ADVERTISEMENT