समाचार

चीनले चेक रिपब्लिकलाई पठाएको ८० प्रतिशत कोरोना परीक्षण किट नक्कली

चीनले चेक रिपब्लिकलाई पठाएको ८० प्रतिशत कोरोना परीक्षण किट नक्कली

चेक रिपब्लिकको एक प्रतिष्ठित सञ्चार माध्यमले चीनद्धारा चेक रिपब्लिकलाई कोरोना परीक्षणको लागि पठाएको किटमध्ये ८० प्रतिशतले गलत नतिजा दिने गरेको खुलासा गरेको छ । चेक रिपब्लिकको वरिष्ठ पत्रकार विल ह्याटनले उक्त समाचारलाई टवीट्लाई चीनद्धारा पठाइएको किटले गलत नतिजा दिने गरेको उल्लेख गरेको छन् । 

चेक रिपब्लिकलाई काम नलाग्ने किट पठाएको कुराको चर्चा नेपाली वृतमा पनि हुन थालेका छन् । आजै मात्र चीनले नेपाललाई पनि कोरोना परिक्षणको २ हजार किटहरु पठाएको छ । चेक रिपलिब्कमा जस्तै नेपालमा पनि उक्त किटहरुले सही नतिजा नदेखाउला भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।  \