राजनीति

राजपा सांसदले १५ दिनको तलब दिने

राजपा सांसदले १५ दिनको तलब दिने

 सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राष्ट्रिय जनता पार्टी (राजपा)का संघीय सांसदहरूले १५ दिनको पारिश्रमिक जम्मा गर्ने भएका छन् । 

राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूलाई १५ दिनको पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएका हुन् । उक्त निर्देशनअनुसार सांसदहरूको १५ दिनको पारिश्रमिक संसद सचिवालयले सोझै कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने राजपाका महासचिव केशव झाले जानकारी दिए ।

राजपाबाट संघीय संसद प्रतिनिधिसभामा १७ र राष्ट्रियसभामा २ सांसद छन् ।