समाचार

मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु

मकवानपुर ।  हेटौँडा १० मा गए राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा  एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरको साविक हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिए । 

मृतकको शव  हेटौँडा अस्पतालमा रािखएको र मोटरसाइकललाई ठक्कर दिएको आशङ्कामा ना २ ख ९३३६ नम्बरको ट्रक र चालकलाई नियन्त्रणमा लिएको उनले बताए । 

दुर्घटना मोटरसाइकल
ADVERTISEMENT