समाचार

पाकिस्तानद्धारा बलूच राष्ट्रवादको प्रतिरोध गर्न धार्मिक चरमपन्थको प्रयोग

पाकिस्तानद्धारा बलूच राष्ट्रवादको प्रतिरोध गर्न धार्मिक चरमपन्थको प्रयोग

जेनेभा । बलुचिस्तानमा बढ्दो मानवअधिकार उल्लंघन र धार्मिक चरमपन्थको प्रसारतिर ध्यान आकर्षित गर्न पाकिस्तानका बलुच र अन्य मानव अधिकारकर्मीहरूले संयुक्त राष्ट्रसंघको कार्यालय बाहिर बिरोध प्रदर्शन गरे ।

बलूच ह्युमन राइट्स काउन्सिल (बीएचआरसी) द्वारा आयोजना गरिएको प्रदर्शन कार्यक्रममा प्रदर्शनकारीहरूले “पाकिस्तानमा बलपूर्वक बेपत्ता पारिएका सबै पीडितलाई सार्वजनीक गर, बलूचिस्तानमा नरसंहार रोक र चीन बलूचिस्तानमा नयाँ साम्राज्यवादी शक्ति जस्ता नाराहरु लेखिएको ब्यानर बोकेका थिए । बीएचआरसीका महासचिवले भने कि पाकिस्तानले बलूचिस्तानमा विनाश गरेको छ । प्रान्तमा जनताको जीवन कठिन भएको छ किनकि उनीहरूसँग केहीको पनि अधिकार छैन । नागरिक समाजका सदस्यहरूलाई पाकिस्तानी सेनाले उठाउने गरेकोे छ । नीहरूलाई यातना दिइन्छ, मारिन्छ र उनीहरूको टुक्रिएको शरीर सडकको किनारमा भेटिन्छ। बलूचिस्तान प्रान्तलाई सैनिक चौकीमा परिणत गरिएको छ । “पाकिस्तान अल्पसंख्यकहरूका लागि मात्र नभई सबै छिमेकीहरूका लागि पनि अभिशाप हो,“ उनले थपे । बीएचआरसीले बलूचिस्तानमा राज्यद्धारा धार्मिक चरमपन्थवादको प्रायोजन भईरहेको पनि आरोप लगाएको छ ।  

बीएचआरसीका सूचना सचिव कम्बर बलूचले भने, “पाकिस्तानले तालिवानबाट विभजित समूह लश्कर–ए–तैयबा, लस्कर–ए–झांगवीलाई बढावा दिँदै बलूचिस्तानी राष्ट्रियताको विरोध गर्न धार्मिक आतंकवादको प्रायोजन गरिरहेको छ तर राज्यले अपनाएको यस नीतिले धर्मनिरपेक्ष प्रजातान्त्रिक बलोच समाजको जग मात्र ध्वस्त पार्ने नभई  क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा यसका दुरगामी परिणामहरू पनि हुनेछन्। 

कम्बरले थपे कि पाकिस्तानले बलूचिस्तानमा संस्थागत नरसंहार गरिरहेको छ । “संयुक्त राष्ट्र संघको मौनता र निष्क्रियताले सत्तारूढ राज्यलाई बलुचिस्तानमा कानुनी दबाबको डरविना दमनकारी नीतिहरू जारी राख्न प्रोत्साहित गरेको छ । बलूचले पाकिस्तानबाट स्वतन्त्रताको लागि संघर्ष गरिरहेको छ र पाकिस्तानी सेनाको हातबाट नरसंहारको सामना गरिरहेको छ । ठूलो संख्यामा मानिस बेपत्ता पारिएका छन् जसमध्ये धेरै दुर्गम स्थानहरूमा मृत भेटिएका छन् । (एएनआई)