समाचार

इन्जिनियरिङ कलेजको परीक्षा स्थगित (सूचनासहित)

इन्जिनियरिङ कलेजको परीक्षा स्थगित (सूचनासहित)

काठमाडौंः त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक र स्नातकोत्तर तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज डीनको कार्यालयले एक सूचना जारी गर्दै परीक्षा स्थगित गर्ने र पठनपाठन रोक्ने निर्णय गरेको हो । 

संस्थानले जारी गरेको सूचना अनुसार श्री प्रवेश परीक्षा बोर्ड, इ.अ.सं पुल्चोक, श्री पुल्चोक क्याम्पस, इ.अ.सं पुल्चोक, श्री थापाथली क्याम्पस, इ.अ.सं थापाथली, श्री पूर्वाञ्चल क्याम्पस, इ.अ.सं धरान, श्री पश्चिमाञ्चल क्याम्पस, इ.अ.सं पोखरा, श्री चितवन इन्जिनियरिङ्ग क्याम्पस रामपुर, श्री काठमाडौं इन्जिनियरिङ्ग कलेज कालिमाटी काठमाडौं, श्री एडभान्स कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट, श्री कान्तिपुर इन्जिनियरिङ्ग कलेज (धापाखेल, ललितपुर), श्री नेशनल कलेज अफ इन्जिनियरिङ्ग (ताल्छिखेल, ललितपुर), श्री हिमालयन कलेज अफ इन्जिनियरिङ्ग (च्यासल, ललितपुर), श्री ख्वप: कलेज अफ इन्जिनियरिङ्ग (लिवाली, भक्तपुर), श्री सगरमाथा इन्जिनियरिङ्ग कलेज (सानेपा, ललितपुर) श्री ललितपुर इन्जिनियरिङ्ग कलेज (चाकुपाट, ललितपुर) श्री क्याठफोर्ड इन्जिनियरिङ्ग कलेज (बालकुमारी, ललितपुर) र श्री जनकपुर इन्जिनियरिङ्ग कलेज ताथली, भक्तपुरको परीक्षा स्थगित गरिएकाे हाे ।


 
  

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान इन्जिनियरिङ कलेज