समाचार

गाउँपालिकाद्वारा एसइईका परीक्षार्थीलाई घरघर पुर्‍याउन सुरु

गाउँपालिकाद्वारा एसइईका परीक्षार्थीलाई घरघर पुर्‍याउन सुरु

स्याङ्जाः जिल्लाको फेदीखोला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई घरघर पुर्‍यादिन शुरु गरेको छ ।

यसका लागि सो गाउँपालिकाले आज बिहानदेखि निःशुल्क बस सेवा सञ्चालन गरी विद्यार्थीलाई घरघर पुर्‍याइदिन थालेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

कोभिड–१९ को जोखिमलाई ध्यादिँदै सरकारले बुधबार साँझ आजदेखि शुरु हुने भनिएको सो परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो ।

फेदीखोला र खड्केटारी बजारमा बसेका फेदीखोला गाउँपालिका–५ बागे मैदान मावि र ४ गलेम शीतला माविका विद्यार्थीलाई आज बिहानदेखि घर पुर्‍याउन यातायातको व्यवस्था गरिएको उनले बताए ।

यसपटकको सो परीक्षामा देशभर कूल चार लाख ८२ हजार ७०७ विद्याथी सहभागी हुने जनाइएको थियो ।

स्याङ्जा एसइई फेदीखोला गाउँपालिका
ADVERTISEMENT