समाचार

बाबुराम भट्टराई अस्पताल भर्ना, आजै डिस्चार्ज ‪गर्ने तयारी

बाबुराम भट्टराई अस्पताल भर्ना, आजै डिस्चार्ज ‪गर्ने तयारी

काठमाडौंः स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

एक्कासी ढाड दुखेपछि बुधबार राति करिब ८ बजे उनी महाराजगञ्जस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका हुन् ।

भट्टराईको अवस्था अहिले सामान्य रहेको समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । उपप्रमुख पाण्डेका अनुसार भट्टराई आजै डिस्चार्ज ‪गर्ने तयारी भइरहेकाे छ ।

उनले भने, ‘रक्त सञ्चालनमा अवरोध पुगेको आशंकामा सबै परीक्षण गरियो । तर सबै सामान्य रहेको रिपोर्ट आएको छ ।’

बाबुराम भट्टराई शहीद गंगालाल हृदय रोग केन्द्र
ADVERTISEMENT