समाचार

सुजाता कोइरालाकाे कस्तो निर्णय याे?

सुजाता कोइरालाकाे कस्तो निर्णय याे?

काठमाडौंः कांग्रेस नेतृ सुजाता कोइरालाले पदीय दुरुपयोग गरी आफ्नी विदेशी नागरिक छोरीलाई गैरआवासीय नेपालीको परिचयपत्र दिलाएको खुलासा भएकाे छ ।

बंगलादेशी नागरिक रुवेल चौधरीसँग सम्बन्धमा रहेकी छोरी मेलानी रोशा जोष्टलाई परराष्ट्र मन्त्रालयको तर्फबाट यस्तो परिचयपत्र उपलव्ध गराइएको हो ।

आफू परराष्ट्रमन्त्री भएका बेला उनले सन् २०१० को फेब्रुअरी ८ देखि सन् २०२० को ७ फेब्रअरीसम्मका लागि परिचयपत्र दिइएको घटना र विचार साप्ताहिकले लेखेको छ ।

रुवेल नेपालमा कल वाइपास गराएको अभियोगमा मोष्ट वाण्टेडको सूचीमा छन् । रुवेल र सुजातापुत्री मेलानी हाल बेलायतमा बस्छन् । घटना र विचार साप्ताहिकबाट

सुजाता कोइराला परिचयपत्र