समाचार

७० बिघा जमिन भारतमा परेपछि, नेपाल–भारत सीमांकनमा विवाद

७० बिघा जमिन भारतमा परेपछि, नेपाल–भारत सीमांकनमा विवाद

कञ्चनपुर। नेपाल–भारत संयुक्त सर्भे टोलीले कञ्चनपुरमा गरिरहेको सीमाको नक्शांकनलाई लिएर विवाद उत्पन्न भएको छ ।

नेपाली पक्षले २०२४ सालदेखि भोगचलन गर्दै आएको जमिन एकाएक सीमा नक्शांकनका क्रममा भारतमा परेपछि सीमा विवाद झनै चर्किँदै गएको हो ।

नेपाल र भारतको संयुक्त सर्भे टोलीले सीमा नक्सांकनको काम जारी राखेको छ ।टोलीले यसवर्ष कैलालीको खक्रौलाबाट कञ्चनपुरको ब्रह्मदेवसम्म नयाँ सीमास्तम्भ निर्माण र मर्मत जिम्मा पाएको थियो ।

टोलीले दुई महिनादेखि कञ्चनपुरको विवादित क्षेत्र बेलौरी र बेल्डाँडीमा नापी र नक्सांकनको काम गरिरहेको थियो । यसै क्रममा बेलौरी नगरपालिका १० स्थित झण्डै ४० परिवारको जग्गाधनी दर्ता प्रमाण पूर्जा भएको ७० विघा बढी जमिन भारतमा परेको छ ।

नेपाल-भारत विवाद सिमांकन

विशेष