समाचार

अनुमति नलिएरै पोशाकसहित भारतीय प्रहरी दैलेख सदरमुकाममा

अनुमति नलिएरै पोशाकसहित भारतीय प्रहरी दैलेख सदरमुकाममा

दैलेखः दैलेख सदरमुकाम दुल्लुमा भारतीय प्रहरी पोशाकसहित खुलेआम घुमिरहेका छन् । भारतीय प्रहरी स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिएर दैलेख आएको बुझिएको छ ।

प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा ३ जना प्रहरीसहित ४ जनाको टोली दैलेख आइपुगेको हो ।

भारतको हरियाणा प्रदेश यमुनानगर जिल्लाबाट तीन जना प्रहरीसहितको चार जना टोली दैलेख आएको उनले बताए ।  

भारतमा काम गर्दै आएका दैलेखका एक युवकले झण्डै ५० लाख रुपैयाँ चोरी गरी फरार भएपछि ती युवकको खोजी गर्न भारतीय प्रहरी दैलेख आएको उनीहरुको भनाइ छ ।

भारतीय प्रहरीका सई विजय विवेकले आफूहरुलाई अन्य देश जाँदा पोशाक लगाउने अनुमति चाहिन्छ भन्ने बारेमा जानकारी नभएको बताए । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।  

दैलेख