समाचार

काठमाडौं उपत्यकाका यी स्थानमा शुक्रबारसम्म दैनिक ७ घण्टा बत्ती जाने

काठमाडौं उपत्यकाका यी स्थानमा शुक्रबारसम्म दैनिक ७ घण्टा बत्ती जाने

काठमाडौंः काठमाडौंका केही स्थानमा मंगलबारदेखि शुक्रबारसम्म दैनिक ७ घण्टा बत्ती जाने भएको छ । विद्युत प्राधिकरणका अनुसार काठमाडौंको जोरपाटी वितरण केन्द्रको गोठाटार फिटर स्तरोन्नति गर्नुपर्ने भएकाले फोर्स पार्क, वीरेन्द्र चोक, गान्धी मोड, हात्ती डाँडा र विमानस्थाल आसपास बिहान ९ देखि दिउँसो ४ बजेसम्म बत्ती जाने भएको हो ।  

काम छिट्टै सकिए तोकिएको समयअघि नै बिजुली आपूर्ति हुने प्राधिकरणले निकालेको सूचनामा उल्लेख छ । 

यसैगरी ललितपुरका केही ठाउँमा मङ्गलबार, बिहीबार र शनिबार आठ घण्टा बत्ती जाने भएको छ । पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ  फिडरबाट वितरित ११ के भी लाइनको स्तरोन्नति गर्नुपर्ने भएकोले मङ्गलबार, आउँदो बिहीबार र शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बिजुली कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

मङ्गलबार, बिहीबार र शनिबार चुनिखेल, छम्पी, सल्यानटार, इटाहिटी, कामी डाँडा, टिकाभैरव, देवीचौर, बुरुङ्गचुली क्षेत्रलगायत फर्पिङ फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बत्ती जानेछ ।  

काठमाडौं बत्ती