विदेश

कोरोना संक्रमणबाट फुटबल प्रशिक्षकको मृत्यु

कोरोना संक्रमणबाट फुटबल प्रशिक्षकको मृत्यु

कोरोना भाइरस संक्रमणबाट स्पेनिस फुटबलका कोच फ्रान्सिस्को गार्सियाको ज्यान गएको छ ।

मलागास्थित एट्लेटिको पार्ताडा अल्ता युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरिसकेका कोरोना संक्रमित गार्सियाको शनिबार २१ वर्षको उमेरमा ज्यान गएको हो ।

पछिल्लो साता स्वास्थ्यमा समस्या आएपछि गार्सियामा ल्युकोमियासँगै कोरोना संक्रमण भेटिएको गोल डटकमले जनाएको छ । लगत्तै उनलाई मलागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । तर चिकित्सकले उनलाई बचाउन सकेनन् । कोरोना संक्रमणबाट मलागा क्षेत्रमा शिकार हुने उनी पहिलो युवा र पाँचौं व्यक्ति हुन् ।

गार्सियाले सन् २०१६ देखि एट्लेटिको पोर्टाडा एल्टाज युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरेका थिए ।  

कोरोना भाइरस फ्रान्सिस्को गार्सिया