समाचार

सात बर्ष अघि प्रचण्डलाई झापड हान्ने पदम कुँवर पक्राउ

सात बर्ष अघि प्रचण्डलाई झापड हान्ने पदम कुँवर पक्राउ

काठमाडौँ । आज भन्दा झाडी ७ बर्ष अगाडी तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झापड हान्ने पदम कुवँर पक्राउ परेका छन्। 

कुँवर शनिबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरबाट पक्राउ परेका हुन्। 

सुरुमा संसद भवन गेटमै रहेको शौचालयमा गएका पदम  लामो समयसम्म भवनमै बसेपछि प्रहरीले सोधखोज गरेको थियो। प्रहरीले सोधखोज गर्न थालेपछि झगडा गरेका पदम त्यहीबाट पक्राउ परेका हुन्। 

प्रहरीसँग झगडा गरेपछि उनलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसर टेकुका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।  अहिले कुँवरलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

उनले १ मंसिर २०६९ मा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका वेला प्रचण्डलाई थप्पड हानेका थिए ।

 

प्रचण्ड झापड पदम कुँवर

विशेष