विदेश

चीनको अपारर्शिता र तानाशाही व्यबस्थाले विश्व नै कोरोनाको चपेटामा

चीनको अपारर्शिता र तानाशाही व्यबस्थाले विश्व नै कोरोनाको चपेटामा

डिसेम्बेर ३१ चीनको वुहानमा दर्जनौँ केसहरु अज्ञात कारणबाट निमोनिया देखियो । अन्वेषकहरूले त्यसको केहिदिन पछि त्यो भाइरस रहेको पत्ता लगाए। 

११ जनवरी चिनियाँ सरकारी मिडियाले पहिलो पटक वुहानको बजारमा भाइरसको कारण भएको एक बिरामीको मृत्युको भएको रिपोर्ट जारी गरे । उनको मृत्युको रिपोर्ट चीनको सब भन्दा ठूलो बिदाको ठिक अगाडि आएको थियो । जब लाखौं मानिस देश भर यात्रा गर्ने गर्छन्।

२३ जनवरी चिनियाँ अधिकारीहरूले वुहानलाई सील गरे । त्यसबेला सम्म कम्तिमा १७ व्यक्तिको मृत्यु भएको थियो र ५ सय ७०  भन्दा बढी व्यक्ति ताइवान, जापान, थाइल्यान्ड, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालगायत देशमा संक्रमित भएका थिए ।  

३० जनवरीमा चीनमा हजारौं नयाँ घटनाहरू देखा परे । विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपतकालिन घोषणा गर्‍यो । चीनको विदेश मन्त्रालयका प्रवक्ताले विश्व स्वास्थ्य संगठन र अन्य देशहरूसंग मिलेर  सार्वजनिक स्वास्थ्यको सुरक्षा गर्न काम गर्ने बताए ।।

७ फेब्रुअरीमा एक चिनियाँ डाक्टर ली वेनलिङ्गको कोरोनाभाइरसको संक्रमणको कारण मृत्यु भयो । धेरैले उनलाई  बाहिरी संसारलाई प्रारम्भिक सूचना दिने नायक रूपमा हेर्छन् । चिनियाँ सरकारले उनले दिएको सूचना रुचाएन र उनीमाथि निराधार र अवैध अफवाह फैलाएको आरोप लागायो । यसले चिनियाँ सरकार माथि सूचना लुकाएको र पारदर्शी नभएको आरोप लाग्यो । 

डाक्टर लीले गैरकानुनी रुपमा निराधार र अवैध अफवाह फैलाएको भनिएको कुरा मानिसहरुले ध्यान दिएको भए र सचेत भएको भए अहिलेको भन्दा कम नोक्सान हुने थियो । तर चिनियाँ सरकारले सकारात्मक समाचार प्रकाशित गर्ने चक्कर र विश्वलाई सूचना लुकाउन यो कोरोनाभाइरस मानिस मानिसबीच सर्दैन । 

वुहानमा स्थिति सामान्य हुँदैछ । र, स्थिति नियन्त्रणमा छ भनियो । यो जनतामा निरासा न फैलियोस् र अनियोलको स्थिति न बनोस् भनेर भनिएको हुन सक्छ । तर आलोचकहरुले भने यसलाई चिनियाँ शासनमा न हुने पारदर्शिता, बोल्ने स्वतन्त्रता र प्रेस स्वतन्त्रताको रुपमा लिन्छन् ।

समयमा बताएको भए विश्वका सबै राष्ट्रहरु र विश्व स्वास्थ्य संगठनको सहकार्यमा यस्तो महामारी र आपतकालिन स्थितिबाट बच्न विश्व समयमै तयार हुन्थ्यो । चीनमा  पारदर्शिता, बोल्ने स्वतन्त्रता र प्रेस स्वतन्त्रताको प्रश्न गरिने गरिन्छ । हामीले चीनको राजनैतिक र व्याबासायिक बिसयमा त कुरा नगरौ तर मानवता भन्दा ठूलो कुरा त कहाँ हुन सक्छ? चीनले धेरै सूचना लुकाएको, नागरिकको उपचार राम्रोसंगले नगरेको र संकट व्यवस्थापन राम्रोसँगले गर्न नसकेको आरोप लाग्दछ।  

अहिलेसम्म विश्वभरी १३५ देशभर ठाउँमा १४२६४९ मानिसलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तिमध्ये ५३९३ को मृत्यु भइसकेको छ । चीनमा मात्र ८१०२१  मानिसलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । त्यहाँ करिब ३५ सयको  मृत्यु भइसकेको छ ।

कोरोनाभाइरस चीन तानाशाही व्यबस्था अपारर्शिता