समाचार

आजदेखि नेपाल–भारतका ४ नाका मात्रै खुल्ने

आजदेखि नेपाल–भारतका ४ नाका मात्रै खुल्ने

काठमाडौंः व्यापक रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भारतले नेपालसँग जोडिएका प्रमुुख ४ नाका बाहेक सबै नाका बन्द गर्ने निर्णय लागू गरेको छ ।

भारतले नेपालसँगका प्रमुख ४ बाहेका सबै नाका बन्द गर्न गरिएको निर्णय आजदेखि लागू गरेको हो ।

आजदेखि भारतले वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, कञ्चनपुरको बनबासा र झापाको काँकडभिट्टा बाहेकका सबै नाका बन्द गरेको हो ।  

भारतमा कोरोनाको संक्रमणबाट दुई नागरिकको मृत्यु भइसकेको छ भने ८२ बढीमा संक्रमण देखिएको छ । कोरोनाको संक्रमण रोक्न भारतले नेपाल र भुटानका बाहेक सबै मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

कोरोना भाइरस नाका बन्द