समाचार

श्रीमान–श्रीमतीको झगडा छुट्याउन गएकी शिक्षिकाको हत्या

श्रीमान–श्रीमतीको झगडा छुट्याउन गएकी शिक्षिकाको हत्या

ओखलढुंगाः जिल्लाको मोलुङ्ग गाउँपालिका–५ प्राप्चाकी ३२ वर्षीया शिक्षिका हिरादेवी कटुवाल कार्कीको हत्या भएको खुलेकाे छ । 

कार्कीको हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका–९ का २५ वर्षीय रविराज रम्तेल र उनकी श्रीमतीलाई पक्राउ गरिएपछि हत्या भएकाे खुलेकाे हाे ।

गत मंगलबार बिहान विद्यालय हिँडेकी शिक्षिका कार्की मृत फेला परेकी थिइन् । रम्तेलकी श्रीमती माइत मोलुङ्ग गाउँपालिका–५ प्राप्चामा बस्दै आएकी थिइन् ।

श्रीमतीलाई लिन गएका रम्तेल र उनकी श्रीमतीबीच कुटाकुट भइरहेको समयमा छुट्याउन गएकी शिक्षिका कार्कीको हत्या भएको आरोपितले स्वीकारेका छन् । 

ओखलढुंगा शिक्षिका हत्या हिरादेवी कटुवाल