अन्तरवार्ता भिडियो कभर स्टोरी

गणतन्त्रवादीलाई फूलमाला लगाउन तयार  ( भिडियोसहित) 

गणतन्त्रवादीलाई फूलमाला लगाउन तयार  ( भिडियोसहित) 

पार्टी एकतापछि उत्साहित राप्रपाका नेता नवराज सिंखडा भन्छन्, ‘यदि नेकपा र कांग्रेसका नेताहरु राजसंस्था र हिन्दुत्व कायम गर्छन् भने उनीहरुलाई फूलमाला लगाउन हामी तयार छौं । ’

नेता सिंखडाका अनुसार संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताले मुलुक तहसनहस हुन थालेको महशूस गणतन्त्रका नेताहरुले गरिरहेका छन् । अब ढिलो गर्नु हुँदैन । मुलुकलाई धर्मसापेक्ष घोषणा गर्न, संघीयता खारेज गर्न र संवैधानिक राजसंस्था कायम गर्न अब ढिलो गर्न हुँदैन । यसका लागि प्रमुख दलका नेताहरु लाग्छन् भने त्यो स्वागतयोग्य कदम हो । 

">

मुलुक जोगाउन अब राप्रपा बैकल्पिक शक्तिका रुपमा उदाएको सिंखडाको दावी छ । नेकपा, कांग्रेस लगायतका दलहरुसंग जनता वाक्कदिक्क भैसकेकाले आगामी चुनावमा राप्रपाले राम्रो नतिजा ल्याउने छ । यसका लागि विगतका भूलहरु सच्याएर अघि बढ्ने प्रतिवद्धता राप्रपाको छ । 

कुनैपनि हालतमा पार्टीलाई विभाजनमा जान नदिने प्रतिवद्धता अध्यक्षत्रय पशुपतिशम्शेर राणा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले गरेकाले इतिहास जतिसुकै तीतो भएपनि आउँदा दिनहरु निकै सुनौला छन् ।  नेता सिंखडासँगको विस्तृत कुराकानी यस्तो छ : 

">

राप्रपा कमल थापा