भिडियो Breaking News कभर स्टोरी

यी खराब नेताहरुलाई तीन वर्षमा बढार्छौं (भिडियोसहित) 

यी खराब नेताहरुलाई तीन वर्षमा बढार्छौं (भिडियोसहित) 

अभिषेक अग्रहरी एक सामाजिक अभियन्ता हुन् । पेशाले शिक्षक रहेका अग्रहरी अहिले आफनै प्रयासमा ‘ उन्नती जागरण अभियान’ लिएर देशका बिभिन्न विद्यालयमा विद्यार्थीहरुलाई नैतिकता र शिष्टताबारे ज्ञान बाँडिरहेका छन् । 

नकारात्मक सोच र व्यवहारका कारण मुलुकले धेरै क्षति भोग्नु परेको भन्दै उनले नैतिकवान र सकारात्मक सोचबाट मुलुक निर्माणको अठोट लिएका छन् । उनका अनुसार सबैभन्दा पहिले दिमागबाट नकारात्मक सोच हटाउन जरुरी छ । यो नकारात्मक सोच कसरी हटाउने भन्ने विषयमा उनको समूहले विद्यार्थीहरुलाई प्रशिक्षण दिने गरेको छ । 

केही समय नेपालका नेपाली अभियानमा समेत सक्रिय अग्रहरी मुलुकलाई समृद्धितर्फ लैजान गणतान्त्रिक व्यवस्था नै उत्तम ठान्छन् । उनी भन्छन्, ‘ गणतन्त्र नै उत्तम हो तर अहिलेका पात्र फेर्नुपर्छ । अहिले त सबै भ्रष्टाचारमा लिप्त छन् । महाबीर पुन, उत्तम संजेल, गोविन्द केसी जस्ता व्यक्ति राजनीतिमा आउनुपर्छ । राजसंस्थातर्फ लाग्नु हुँदैन । ’

कुनैपनि कुरामा सफल हुन योजना र दृढ संकल्प हुनुपर्छ । अहिलेका राजनीतिक दल र नेताहरुमा दुवै कुरा नभएकाले आगामी चुनावमा यी सबै बढारिने उनको दावी छ । उनी भन्छन्, ‘ आउँदो चुनावमा जनता जाग्नेछन् । जनताले यी भ्रष्टहरुलाई कुनैपनि हालतमा चुन्ने छैनन् । त्यो माहोल हामी सृजना गर्छौं । ’

अभियन्ता अग्रहरीसँगको विस्तृत कुराकानी यस्तो छ :