समाचार

करोडौं ठगी आरोप लागेका भेटवालद्वारा आत्मसमर्पण

करोडौं ठगी आरोप लागेका भेटवालद्वारा आत्मसमर्पण

काठमाडौंः करोडौं ठगीको आरोप लागेका जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लिका सञ्चालक मनोजकुमार भेटवालले आज प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।

मंगलबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसर आएर उनले आत्मसमर्पण गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

उच्च अदालत पाटनबाट बैकिङ कसुरको मुद्दामा फरार रहेका काठमाडौं भ्यु टावरका सञ्चालक समेत रहेका भेटवाललाई परिसरले खोजी गर्दै आएको थियो । ७५ लाख १० हजार रुपैयाँको बैकिङ कसुरको मुद्दामा उनी फरार रहँदै आएका थिए।

यसअघि पनि भेटवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो९सिआइबी०ले एपेक्स बैंक घोटाला प्रकरणमा पक्राउ गरेको थियो।

काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते भेटवालको जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससँग सार्वजनिक निजी साझेदारीमा २९ तले बहुउदेश्यिय काठमाडौं भ्यु टावर निर्माण सम्झौता गरिएको थियो। तर भेटवालले निर्माण कार्य नै राक्दै आएका छन्।

आत्मसमर्पण मनोज कुमार भेटवाल