समाचार

बैतडीमा ओछ्यानबाटै तानेर चितुवाले लियो बालिकाको ज्यान

बैतडीमा ओछ्यानबाटै तानेर चितुवाले लियो बालिकाको ज्यान

बैतडीः बैतडीको तल्लो सोराड क्षेत्रमा चितुवाको आक्रमणबाट फेरि एक बालिकाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–९ असुर बस्ने रामबहादुर लुहारकी ८ वर्षीया अपागंता भएकी छोरी सीता लुहारको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । 

मंगलबार बिहानै करिब ४ बजेतिर ओछ्यानमा सुतेकै अवस्थामा चितुवाले तानेर लगेको र घर नजिकै ५०० मिटर पर बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्लीनारायाण पण्डेयले जानकारी दिए । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत साता मात्रै एक बालकलाई चितुवाले घाइते बनाएको थियो । तल्लो सोराड क्षेत्रमा २०६४ सालदेखि हालसम्म चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गइसकेको छ ।

बैतडी चितुवाको आक्रमण तल्लो सोराड