समाचार

मास्कको कालोबजारी गर्ने श्रृङ्गार पसललाई २ लाख जरिवाना

मास्कको कालोबजारी गर्ने श्रृङ्गार पसललाई २ लाख जरिवाना

कैलालीः ६ रुपैयाँ पर्ने सर्जिकल मास्कलाई ३० रुपैयाँमा बेच्ने कैलालीको धनगढीमा रहेको न्यू शुशील श्रृङ्गार पसललाई २ लाख जरिवाना गरिएको छ । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता कार्यालय कैलालीले सोमबार  धनगढी बजारमा गरेको श्रृङ्गागार पसलको अनुगमनको क्रममा न्यू शुशील श्रृङ्गार स्टोरले ६ रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँमा बेच्ने गरेको, श्रृङ्गारका सामग्रीमा लेबल नतोकिएको, म्याद गुज्रेका सामग्री बेचेको पाइएपछि पसल सञ्चालन सन्ध्या अग्रवाललाई नियम अनुसार कारवाही गरिएको हो । 

कार्यालय प्रमुख कमल पुनका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८, ङ का आधारमा कसुर खण्डको १ (ख) बमोजिम उनलाई अनुगमन स्थलमै दुई लाख जरिवाना गरिएको हो । 

सो दफा अनुसार उपभोक्तालाई ठगी गरेमा, उपभोग्य वस्तुको कालोबजारी गरेमा दुईलाख देखी तीन लाखसम्म जरिवाना गर्ने सकिने प्रावधान रहेको छ ।

शुशील श्रृंगार पसलमा वाणिज्य कार्यालयका कर्मचारी ग्राहक बनेर जाँदा पशल सञ्‍चालक अग्रवालले ६ रुपैयाँ पर्ने मास्क ३० रुपैयाँमा बेचेकी थिइन् । 
 

श्रृङ्गार पसल सन्ध्या अग्रवाल न्यू शुशील श्रृङ्गार पसल