अर्थ

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौंः नेपाली बजारमा साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य ४ सय रुपैयाँले वृद्धि भएको छ ।

शुक्रबार प्रतितोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार बढेर ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि बढेको छ । शुक्रबार ७५ हजार ३९ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज ७५ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । 

सुन