समाचार

सबै जिल्लामा फोरजी सेवा सुरु

सबै जिल्लामा फोरजी सेवा सुरु

काठमाडौ । हुम्ला सदरमुकाम सिमकोटमा मङ्गलबार फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै देशका ७७ जिल्लाकै प्रमुख स्थानमा यसको पहुँच विस्तार भएको छ । गत वर्ष माघ २० गते एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्ने सम्झौता अनुसार नै यसको पहुँच बढाइएको प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

उनका अनुसार मङ्गलबारको सफलतासँगै देशैभर फोरजी नेटवर्क विस्तार गर्नेमा टेलिकम पहिलो र सबैभन्दा ठूलो सेवा प्रदायक बनेको छ । टेलिकमले गत वर्ष कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र दुईवटा रेडियो एक्सेस नेटवर्क (र्यान) का लागि चाइना कम्युनिकेसन सर्भिसेज इन्टरनेसनल (सीसीएसआई) हङ्कङसँग सम्झौता गरेको थियो ।

दुवै कम्पनीसँग एक वर्षभित्रै देशभर चौथो पुस्ताको फोरजी सेवा विस्तार गर्ने सम्झौता थियो । टेलिकमले अहिलेसम्म २ हजार ३८ साइडका ३ हजार ६ सय ८३ टावरमा जडान फोरजी प्रविधि जडान गरेको र २ सयभन्दा बढी नयाँ टावर नयाँ स्थापना गरेको अधिकारीले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा बिश्वास रेग्मीले लेखेका छन। 

फोरजी ७७ जिल्ला

विशेष