खेल

बिग बास लिगः ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक

बिग बास लिगः ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) २०२० को ‘टीम अफ द टुर्नामेन्ट’ मा अटाएका ११ खेलाडीको नाम सार्वजनिक गरिएको छ । बीबीएलको अफिसियल फेसबुक पेजमार्फत् उत्कृष्ट ११ खेलाडीको नाम सार्वजनिक गरिएको हो । जारी सिजनमा गरेको प्रदर्शनका आधारमा उनीहरुको नाम सार्वजनिक गरिएको हो ।

उत्कृष्ट–११ म नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्सबाट तीन खेलाडी अटाएका छन् । मेलबर्नबाट मार्कस स्टोइनिस, हरिस रौफ र ग्लेन म्याक्सवेल उत्कृष्ट–११ भित्र अटाएका छन् । नेपाली लेग स्पिनर सन्दीप भने जारी सिजनको उत्कृष्ट–११ भित्र अटाउन असफल भए । उनले योपटक १३ म्याचमा १५ विकेट लिएका थिए ।

यस्तै उत्कृष्ट ११ मा एडिलेड स्टाइकर्सबाट पनि तीन खेलाडी समेटिएका छन् । स्टाइकर्सबाट राशिद खान, पीटर सिड्डल र जोनाथन वेल्स उत्कृष्ट–११ मा समेटिएका हुन् ।

को–को अटाए ‘टीम अफ द टुर्नामेन्ट’मा?

मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल (कप्तान), हरिस रौफ, म्याथ्यू वेड, जोश इन्ग्लिश (विकेटकीपर), जोनाथन वेल्स, मिचेल मार्श, राशिद खान, टम कुरान, डानयिल साम्स र पीटर सिड्डल ।

बिग बास लिग टीम अफ द टुर्नामेन्ट