समाचार

प्रचण्डले भने, ‘सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ’

प्रचण्डले भने, ‘सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ’

चितवनः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बामदेव गौतमलाई राष्ट्रियसभामा मामोनित गर्ने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले  मान्नैपर्ने बताएका छन् । गौतमबारे सचिवालयले सर्वसम्मत निर्णय गरेको भन्दै प्रचण्डलले भने, ‘प्रधानमन्त्रीजीले मान्नैपर्छ, उहाँले मान्नुहुन्छ । तपाईहरुले एक दुई दिनमा थाहा पाइहाल्नुहुन्छ ।’

उनले अघि भने, ‘उहाँ र मेरो संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई उहाँले अवज्ञा गर्नुहुन्छ भन्ने म कल्पना पनि गर्न सक्दिनँ । त्यसैले गर्नु भएन भने के भन्नेतिर म अहिले जान चाहन्नँ ।’

तर प्रधानमन्त्रीले त अर्थमन्त्री डा. युवराज खतिवडालाई दोहोर्‍याउन चाहनु भएको छ नि भन्ने प्रश्नमा प्रचण्डले भने, ‘अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने पनि छैन । हाम्रो अहिलेको संवैधानिक व्यवस्थाअनुसार ६ महिनाका लागि राष्ट्रियसभामा नगएपनि मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई छ ।’ 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ बामदेव गौतम केपी शर्मा ओली सचिवालय निर्णय