समाचार

विदेश पठाईदिन्छु भन्दै रकम ठगि गर्ने एकजना पक्राउ

विदेश पठाईदिन्छु भन्दै रकम ठगि गर्ने एकजना पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारका लागि फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगि गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रूपन्देहीको दुधराक्ष घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–१९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ वर्षीया पूर्णिमा श्रीस रहेको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा प्याकिङ फुड कामका लागि आकर्षक तलब हुन्छ भनी प्रलोभनमा पारी श्रीसले विभिन्न मितिमा ३ जनासँग नगद ३८ लाख ५० हजार रुपियाँ लिई सम्पर्कविहीन भएका थिए।

फरार भएको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई तारकेश्वर नगरपालिका–१९ बासुकिनाग मार्ग मनमैजुबाट पक्राउ गरेको हो। श्रीसलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।

पक्राउ ठगि