समाचार

राष्ट्रपतिको स्वागतमा सार्वजनिक बिदा

राष्ट्रपतिको स्वागतमा सार्वजनिक बिदा

बैतडी। राष्ट्रपति बिद्यादेवी भण्डारीको स्वागतमा बैतडीको पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगरकार्यपालिकाको बुधबारको बैठकले राष्ट्रपतिको भ्रमणमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए। उनले राष्ट्रपति भण्डारीको स्वागतमा सार्वजनिक बिदा दिने निर्णय गरेको बताए।

राष्ट्रपति भण्डारी बुधबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा रहने कार्यकालिका छ। राष्ट्रपति भण्डारीले फागुन १५ गते बैतडीस्थित त्रिपुरासुन्दरी भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावास भवनको उद्दघाटन गर्ने कार्यक्रम समेत रहेको छ । 

राष्ट्रपति स्वागत सार्वजनिक बिदा