समाचार

सुनसरीमा माइक्रो र बस ठोक्किएः मृत्यु हुनेको संख्या ५ पुग्यो

सुनसरीमा माइक्रो र बस ठोक्किएः मृत्यु हुनेको संख्या ५ पुग्यो

सुनसरीः पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ । सो घटनामा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

पोखराबाट काकडभिट्टातर्फ गइरहेको ना. ६ ख ७९५ को जगदम्बा बस र चन्द्रगढी झापाबाट काठमाडौँतर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान साढे ७ बजे ठोक्किएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा विनोद शर्माका अनुसार दुर्घटनामा अन्य ८ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र इटहरीस्थित अस्पतालमा पठाइएको डीएसपी शर्माले बताए ।

दुर्घटना मृत्यु भएका माइक्रो चालक धादिङ वैरेनीका २८ वर्षीय दीपक खड्का, भक्तपुरकी १७ वर्षीया गरिमा गौतम रहेका छन् ।

त्यस्तै झापा भद्रपुर घर भइ काठमाडौं बस्‍ने ७५ वर्षीय हेमराज कोइराला, ६५ वर्षीया डोलमाया कोइरालाको निधन भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी भिम दाहालले जानकारी दिए ।

सुनसरी दुर्घटना